Advertisement

आचारसंहिताबारे प्रधानमन्त्रीसहित दलका पदाधिकारीसँग छलफल गर्दै आयोग

0 53

Advertisement

०९ असाेज, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे सरकार र राजनीतिक पार्टीसँग छलफल गर्दैछ।

जसका लागि आज आइतबार आयोगले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाणसहित विभिन्न १२ राजनीतिक दलका पदाधिकारीहरूलाई आयोगमा बोलाएको छ। प्रधानमन्त्री देउवा भने आयोग जाने वा नजाने निश्चित भइसकेको छैन।

आगामी निर्वाचनका लागि दलहरुसँग आचारसंहिताको विषयमा छलफल गर्न लागेको आयोगले जनाएको छ।

मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा आयोगले छलफल गर्न लागेको जनाएको छ।

आयोगले केही दिनमा आचारसंहिता लागू गर्ने तयारी गरेको छ। त्यसअघि दलहरूबाट प्रतिवद्धता लिन लागिएको हो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.