Advertisement

सानिमा बैंकको ५१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

0 86

Advertisement

०८ असाेज, काठमाडाैं । सानिमा बैंकले ५१ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ ।

बैंकका केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न बैंकमा निवेदन दिएसपछि बैंकले शुक्रबार ५१ लाख कित्ता सेयर बिक्रीको सूचना ल्याएको हो ।

हाल सानिमा बैंककाे संस्थापक सेयरधनीले मानत्र उक्त सेयरमा आवेदन दिन सक्नेछन् । सेयरमा न्यूनतम १४५ रुपैयाँलाई आधार प्रतिस्पर्धी मूल्यमा आवेदन दिन सक्नेछन् । न्यूनतम १० लाख कित्तादेखि अधिकतम सबै संस्थापक सेयर खरिदका लागि आवेदन दिन सकिनेछ ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज असोज ७ गतेदेखि ३५ दिनभित्र सानिमा बैंकको प्रधान कार्यालय नारायणचौर नक्साल काठमाडौंमा निवेदन दिनुपर्ने बैंकले जनाएको छ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा दोस्रा चरणमा आम सर्वसाधारण लगानीकर्तालाई सो सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।

समीट लघुवित्तको २२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

यसैगरी समीट लघुवित्तले पनि२२ हजार २१५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

लघुवित्तले विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेगरी सो सयर बिक्री खुला गरेको हो । असोज ७ गतेदेखि ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा–१०, काभ्रेपलाञ्चोकमा सेयर मूल्य र संख्या खुलाई निवेदन पेश गर्नुपर्ने लघुवित्तले जनाएको छ ।

विद्यमान संस्थापक सेयरधनीहरुबाट उक्त समयभित्र कुनैपनि निवेदन प्राप्त नभए अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने लघुवित्त कम्पनीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.