Advertisement

‘प्रेमगीत ३’को हिन्दी भर्सनले विदेशी फिल्मका रुपमा पायो सेन्सरको अनुमति

0 294

Advertisement

०५ असाेज, काठमाडौं । चलचित्र ‘प्रेमगीत ३’को हिन्दी भर्सनले ‘विदेशी फिल्म’को रुपमा सेन्सरको अनुमति पाएको छ। चलचित्रको निर्माण पक्षले हिन्दी भर्सनका लागि १५ प्रतिशत विकास शुल्क तिर्ने सहमति जनाएपछि चलिचत्र विकास बोर्डले सेन्सरको प्रक्रिया अगाडि बढाउने भएको हो।

यसअघि निर्माण पक्षले हिन्दी डबलाई नेपालमा प्रदर्शन गर्नका लागि नेपाली फिल्म सरह सेवा-सुविधा दिन विकास बोर्डमा निवेदन दिएको थियो। विकास बोर्डको अनुमति नै नलिइ डब गरिएको चलचित्रलाई स्वदेशी चलचित्रको जस्तै सुविधा दिन नसकिने भन्दै विवाद हुँदै आएको थियो।

अन्तत: निर्माण पक्ष विदेश फिल्मले जस्तै १५ प्रतिशत शुल्क तिर्न राजी भएपछि चलचित्रको सेन्सर प्रक्रिया अगाडि बढ्ने भएको हो। बुधवार बोर्ड अध्यक्ष भुवन केसीले फिल्मका निर्माता र वितरकलाई हिन्दी डबको सेन्सर अनुमति पत्र प्रदान गरेका छन्। फिल्मको नेपाली भर्सनको भने सेन्सर भइसकेको छ।

साथै चलचित्रका वितरकले चलचित्रको भन्सार शुल्कबापत २० हजार रुपैयाँ समेत तिरेका छन्। अब चलचित्रको हिन्दी डबले नेपालमा गर्ने कमाइको १५ प्रतिशत शुल्क सरकारलाई तिर्नुपर्ने छ।

चलचित्र ‘प्रेमगीत ३’ असोज ७ गतेदेखि नेपाली र हिन्दी संस्करणमा प्रदर्शन हुँदैछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.