Advertisement

चितवनमा लागूऔषधसहित ६ जना पक्राउ

0 81

Advertisement

०५ असाेज, चितवन । चितवन प्रहरीले लागूऔषध खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका–१५ सूर्यनगरबाट उनीहरूलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरो हेरोइनजस्तो देखिने १० ग्राम पाँच सय मिलिग्राम लागूऔषधसहित उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेकाका साथबाट स्टिलको थाल दुई थान, १० वटा अर्ध जलेको अवस्थामा पाँच रूपैयाँको नोट, लाइटर चार थान, १२ खिल्ली चुरोट, टुक्रा पारेको अवस्थाको ब्लेड आठ टुक्रा, सिक्का तीनवटा, एक सय ५५ पुरियामा लागूऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ।

उनीहरूलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१५ बस्ने वर्ष २२ का सन्तोष परियार, वडा नं १९ बस्ने वर्ष २२ का यमबहादुर आलेमगर, लमजुङ घर भई हाल भरतपुर २० बस्ने वर्ष ३० का तुलबहादुर गुरुङ, भरतपुर–१५ बस्ने वर्ष २३ का प्रशन्न गुरुङ, नवलपरासी देवचुली नपा–१५ घर भई हाल भरतपुर–१५ बस्ने वर्ष २३ का चेतबहादुर क्षेत्री र भरतपुर–२७ मेघौली बस्ने वर्ष ३६ का सुरेश महतो रहेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.