Advertisement

फेडले ब्याजदर नबढाउँदै सेयरबजार घट्दो क्रममा, डलर शक्तिशाली हुँदा अन्य मुद्रा कमजोर

0 83

Advertisement

०३ असाेज, काठमाडाैं । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले औसत ब्याजदर बढाउनु अघि नै विश्व सेयरबजार ओरालो तर्फ लागेको छ ।

फेडले औसत ब्याजदर बढाउने निर्णय गरेसँगै डलर निरन्तर रुपमा शक्तिशाली भएको छ भने अरु देशका मुदा कमजोर सावित भएका छन् ।

फेडले ब्याजदर बढाउने निर्णय गरेसँगै एस एन्ड पी५०० सेयर सूचांक एकै सातामा ५ प्रतिशतले घटेको छ । यसैगरी नास्डाक् फ्युचर्स ०.५ प्रतिशतले घटेको छ ।

गत हप्ता ३ प्रतिशतले ओरालो लागेको जापान बाहिरको एसिया प्यासिफिक क्षेत्रको बृहत सूचांक आज ०.३ प्रतिशतले बढेको छ ।

सेयरबजार निरन्तर ओरालो लाग्दा दुई वर्षीय ट्रेजरी इल्डको कुपन रेट सन् २००७ यताकै उच्च ३.९२ प्रतिशत हुन पुगेको छ । यसैगरी डलर शक्तिशाली हुँदा पाउन्ड स्ट्रलीङ्ग, युरो लगायतका मुद्रा कमजोर भएका छन् । पाउन्ड स्ट्रलीङ्ग डलरको तुलनामा ३७ वर्ष यताकै कमजोर हुन पुगेको छ । आज १ पाउन्ड स्ट्रलिङ बराबर १.१३९६ डलरमा पाउन्ड स्ट्रलिङ र डलरको विनिमय भइरहेको छ ।

यसैगरी युरो र अमेरिकी डलरबीच १ युरो बराबर ०.९९९१ डलरमा विनिमय भइरहेको छ । आज जापानी येन र अमेरिकी डलरबीच १ डलर बराबर १४३.२५ येनमा विनिमय भइरहेको छ ।

ब्याजदर बढाउँदै जाँदा अमेरिकी ट्रेजरी इल्ड बढ्दै गएको र बेरोजगारी दर ३.५ प्रतिशतबाट बढेर ४–५ प्रतिशत सम्म पुग्ने विश्लेषण बैंक अफ अमेरिकाले गरेको छ । ब्याजदर बढ्दै जाँदा लगानीकर्ताहरुको मनोबल कमजोर हुने भएकाले आगामी दिनमा एस एन्ड पी सूचांक घटेर न्यून विन्दुमा पुग्ने चेतावनी बैंक अफ अमेरिकाले दिएको छ ।

बुधबार बस्ने फेडको बैठकले कति बिन्दुले बयाजदर बढाउने निर्कौल गर्ने छ । फेडले यसअघि लिएको आक्रामक कदमबाट ब्याजदर ०.७५ प्रतिशत या १ प्रतिशतले बढ्ने अनुमान विश्लेषकहरुले गर्दै आएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.