Advertisement

अब एभरेष्ट बैंक अन्तर्गत ई–पैंचो फोनलोन योग्य ईबीएल टच २४ प्रयोगकर्ताले एपबाटै तत्काल ऋण पाउने 

0 94

Advertisement

०३ असाेज, काठमाडाैं । एभरेष्ट बैंकले ई–पैंचो फोनलोन ईबीएल टच २४ एपका योग्य प्रयोगकर्ताहरूका लागि उपलब्ध तत्काल धितोरहित ऋण उपलब्ध गराएको छ।

योग्य बैंक खातावालाहरूले अब जमानत, कागजी कार्य वा बैंक भ्रमणबिना तत्काल दुई लाखसम्म ऋण पाउनेछन्।

ई–पैंचो फोनलोनमा विभिन्न समय फ्रेमहरूमा भुक्तानी गर्न सकिन्छ। यसमा एक महिनाभित्र वा ३, ६, ९ वा १२ महिनाको लागि किस्ता (ईएमआई) का आधारमा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

चाँडै ऋण भुक्तान गर्न चाहनेका लागि ऋणको पूर्व भुक्तानीको विकल्प पनि ग्राहकहरुको लागि उपलब्ध गराएको बैंकले जनाएको छ।

ई–पैंचो फोनलोनका लागि योग्य ग्राहकहरूले कुनै पनि फोनपे मर्चेन्टमा क्यूआर भुक्तानी प्रयोग गर्दा विभिन्न सेवाहरू पनि प्राप्त गर्न सक्छन्।

यी सेवाहरूमा पहुँच प्राप्त गर्न ग्राहकहरूले प्रमाणित इमेल ठेगानाको साथ ई–पैचो फोनलोनमा दर्ता गर्नुपर्ने हुन्छ।

ई–पैंचो फोनलोनको लागि विभिन्न मापदण्डहरूको आधारमा स्वचालित रूपमा निर्णय गरिन्छ। जसमा तलब खाता, नियमित कारोबार, बैंकसँग कुनै अन्य ऋण आदिका आधारमा निर्णय गरिने बैंकले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.