Advertisement

१४.१० अंकले घट्यो नेप्से, ९१ करोडको कारोबार

0 100

Advertisement

३१ भदौ, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । शुक्रबार नेप्से १४.१० अंक (०.७३ प्रतिशत) गिरावट हुँदा १९१०.३८ अंकमा बन्द भएको छ ।

सोमबार १९१२.७४ अंकमा झरेर बन्द भएको नेप्से मंगलबार २१.३० र बुधबार ४७.४४ अंकको वृद्धि भएर १९८१.४८ अंकसम्म पुगेको थियो । तर, बिहीबार एकैदिन ५७ अंकको उच्च गिरावट भएको नेप्से शुक्रबार पनि दहोरो अंकले गिरावट हुँदा मंगलबार र बुधबार भएको वृद्धि भन्दा उच्च गिरावट भएको छ ।

उपसूचकहरुमा म्युचुअल फण्ड बाहेक सबै घटेका छन् । म्युचुअल फण्ड उपसूचक ०.०७ प्रतिशतको सामान्य वृद्धि हुँदा, लगानी, उत्पादनमुलक, लघुवित्त, वित्त कम्पनी हाइड्रोपावर र विकास बैंक उपसूचक १ प्रतिशत भन्दा माथिले गिरावट भएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्सेले) असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द गर्ने निर्णय गरिसकेको छ । असारदेखि सातमा ६ दिन कारोबार हुँदै आएको भएपनि असोजदेखि भने शुक्रबारको कारोबार बन्द गर्ने निर्णय गरेकोले शुक्रबारको कारोबार हुने आज अन्तिम दिन हो ।

शुक्रबार दुई घण्टा मात्रै कारोबार भएको बजारमा २९ लाख १६ हजार २७१ कित्ता सेयर किनबेच हुँदा ९० करोड ८१ लाख ८६ हजार ४८८ रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै रिडी हाइड्रोपावरको ४ करोड २३ लाख ३३ हजारको कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको ३ करोड २ लाख २ हजार र नबिल बैंकको ३ करोडको कारोबार भएको छ ।

शुक्रबार बजारमा १८६ कम्पनीको सेयर कारोबार भएकोमा १५१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ३० कम्पनीको सेयर मूल्य गिरावट हुँदा ५ कम्पनीको सेयर मूल्य स्थिर छ ।

शुक्रबार कारोबार भएकोमध्ये नबिल ब्यालेन्स फण्ड २ को इकाइ मूल्य सर्वाधिक ७.८७ प्रतिशतले वृद्धि हुँदा बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ५.७५ प्रतिशतले वृद्धि भएको छ ।

यता मिर्मिरे लघुवित्तको सेयर मूल्य ५.५९ प्रतिशतले गिरावट हुँदा रिभर फल्स पावरको सेयर मूल्य ५.३१ प्रतिशतले गिरावट भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.