Advertisement

मोरङमा ३६ घरपरिवारलाई लालपूर्जा वितरण

0 86

Advertisement

२९ भदाै, काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले बुधबार मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्वासी र भूमिहीन दलित गरेर ३६ वटा लालपूर्जा वितरण गरेकी छिन् ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङ मार्फत कानेपोखरी गाउँपालिकाको वडा नम्बर ६ का २७ भूमिहीन सकुम्वासी र ९ भूमिहीन दलित घरपरिवारलाई मन्त्री श्रेष्ठले लालपूर्जा वितरण गरेकी हुन् ।

मन्त्री श्रेष्ठले यही वर्षभित्रमा गाउँब्लक, पुनःनापी र विशेष नापीबाट बाँकी सम्पूर्ण गाउँव्लकमा लालपूर्जा वितरण गरिसक्ने गरी काम तिब्र पारिएको भन्दै २ वर्षभीत्र भूमिसम्बन्धी सबै खालका समस्या समाधान गरिसक्ने प्रतिवद्धता पुरा गरिछाड्ने बताइन् ।

मन्त्री श्रेष्ठले भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई लालपूर्जा वितरणको काम भोट माग्ने र राजनीति गर्नका लागि नभई नागरिकलाई संविधानमा लिपिबद्ध गरिएका हक कार्यान्वयनका लागि सरकारले गरिरहेको नियमित काम भएकाले निर्वाचन आचारसंहिताले यसलाई छेक्न नहुने पनि उल्लेख गरिन् ।

मन्त्री श्रेष्ठले अहिलेको अवस्थामा गरिब पहिचान गर्ने र पहिचान भएका गरिव तथा विपन्न घरपरिवारलाई राज्य सुविधा परिचयपत्र दिने र राज्यसुविधा परिचयपत्रलाई संविधानमा नै लिपिबद्ध भएको गरिव तथा विपन्न लक्षित सेवा सुविधासँग आवद्ध गर्ने काम अगाडि बढाइएको बताइन् ।

भएका स्रोत र साधनको समुचित प्रयोग गरी कृषि योग्य भूमिको उत्पादन र उत्पादकत्व बढाई सहकारी मार्फत ायात प्रतिस्थापन गर्ने र संभव भएसम्म निर्यातलाई प्रवद्र्धन गरेर देशमा रोजगारी सिर्जना गरेर गरिवी निवारण गर्ने गरी योजनाबद्ध रुपमा काम गरिरहेको पनि उनको भनाई छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.