Advertisement

सामसङको ग्यालेक्सी बड्स २ प्रो, ग्यालेक्सी वाच ५ र वाच ५ प्रो नेपाली बजारमा

0 104

Advertisement

१७ भदाै, काठमाडाैं । सामसङले ग्यालेक्सी बड्स २ प्रो र ग्यालेक्सी वाच ५ र वाच ५ प्रो नेपाली बजारमा ल्याएको छ । सामसङ इकोसिस्टममा जोडिएका नयाँ संस्करणहरुमा नयाँ ग्यालेक्सी बड्स २ प्रो, ग्यालेक्सी वाच ५ र वाच ५ प्रो रहेको कम्पनीले जनाएको छ । दुवै उपकरणहरुले सामसङले निर्माण गरेको विद्यमान इकोसिस्टमको स्तरोन्नति गरेको जनाएको छ ।

सामसङको ताररहित स्टेरियो ग्यालेक्सी बड्स २ प्रोले गहन श्रवणको अनुभव प्रदान गरेर प्रयागकर्तालाई आफ्नो काममा केन्द्रित हुन र सम्पर्क बनाइराख्न मद्दत गर्ने जनाएको छ ।

बड्स २ प्रोले गुणस्तरीय ध्वनि श्रवण गराउनले चारैतिर एकदम स्पष्ट स्वरमा उच्च गुणस्तरमा गुञ्जिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त उपकरणमा जडित ताररहित हाइ फाइ २४ बिट अडियो र एक तीक्ष्ण ३६० अडियोले जस्तै भीडमा बसेर पनि युट्युबमा कन्सर्ट सुन्नमा कुनै व्यवधान आउन नदिने जनाएको छ । यसको एयर भेन्ट्स र विण्ड सिल्डमा गरिएको सामान्य सुधार र आकार सानो बनाइएकोले ग्यालेक्सी बड्स २ प्रोले सर्वोत्कृष्ट ध्वनिको गुणस्तर कायमै राखेर पर्याप्त हावा बहने ठाउँ दिने छ । यसको बजार मूल्य २७ हजार ९९९ रुपैयाँ रहेको छ ।

यस्तै ग्यालेक्सी वाच ५ र वाच ५ प्रो ग्राहकहरुलाई उपयुक्त हुने गरी सामसङले विद्यमान उपकरणहरुको क्षमतालाई विस्तार गर्दै प्रस्तुत गरेको अर्को उदाहरण भएको जनाएको छ । यी डिभाइसका पहिलेको संस्करणलाई सुधार गरेर अ ब्याट्रीको जीवन, टिकाउपना, लगायत उपकरणको स्तरोन्नती गरेको छ ।

ग्यालेक्सी वाच ५ र वाच ५ प्रोमा भएको बायोएक्टिभ सेन्सरको प्रयोगले रहेको र ग्राहकहरुलाई बुझन् सक्ने बनाइएको जनाएको बढाइएको सतह क्षेत्र र ग्राहकहरुको नाडीसँग धेरै सिधा सम्पर्क हुनाले अझ बढी सही रुपमा नाप्न सक्ने जनाएको छ । प्रयोगकर्ताहरुको स्वास्थ्य एवं कुशलताको बारेमा सुक्ष्म रुपले बुझन सबै सेन्सरहरुले एकसाथ काम गर्ने कम्पनीले जनाएको छ । यसमा ग्यालेक्सी वाच जिपिएक्स जडित भएकोले वाच ५ प्रोले चालहरुको पनि रेकर्ड राखेर त्यस बारेमा जानकारी दिनेछ ।

वाच ५ र वाच ५ प्रोमा शरीर संरचना मापन गर्ने यन्त्र जडान गरिएको र त्यसले प्रयोगकर्ताहरुलाई वर्कआउटहरु वा प्रशिक्षणमार्फत आफ्नो व्यक्तिगत लक्ष्य तोक्न सहयोग गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ग्यालेक्सी वाच ५ प्रोले आफ्ना ग्राहकहरुलाई हाइकिङ, साइक्लिङ जस्ता बाहिरी अनुभवहरु संगाल्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.