Advertisement

श्रृजनशील लघुवित्तको आईपीओ खुल्यो

0 104

Advertisement

१५ भदाै, काठमाडाैं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रराम्भिक सार्वजनिक निष्काशन ( आईपीओ) खुला भएको छ ।

भदौ १५ गते बुधबारदेखि बिक्री खुला भएको उक्त आईपीओमा लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिने व्यवस्था भएपनि गोलाप्रथाबाट सेयर वितरण गर्नुपर्ने अवस्थाका कारण १० कित्ताका लागि आवेदन दिनु नै उपयुक्त हुने देखिन्छ ।

इच्छुक लगानीकर्ताले मेरो सेयर एप, वेबसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आईपीओमा आवेदन दिन सक्नेछन् ।

लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने सेयर जारी गर्न लागेको हो । जसअनुसार प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्य भएका ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता निष्काशन तथा बिक्री खुला हुनेछ ।

कुल सेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र निष्काशित सेयरको ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले ३ लाख ६८ हजार ५९० कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तले आईपीओ निष्काशन प्रयोजनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तको सेयरलाई ‘केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग’ दिएको छ । यो रेटिङ्ग प्राप्त संस्थाहरुमा समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । चुक्ता पूँजी ७ करोड रुपैयाँ लघुवित्तको आईपीओ बाँडफाँडपछि १० करोड ९२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.