Advertisement

नेप्सेमा ३३ अंकको गिरावट, २ अर्ब माथिको कारोबार

0 111

Advertisement

१२ भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा गिरावट हुँदा दुई हजारको बिन्दुबाट तल झरेको छ । असार अन्तिम साता दुई हजार अंकको बिन्दुबाट माथि लागेको नेप्से २२ सयको नजिक पुगेर करिब डेढ महिनापछि पुनः दुई हजार अंकको बिन्दुबाट तल झरेको हो ।

साताको पहिलो कारोबार दिने आइतबार बजार परिसूचक ३३.३६ अंक (१.६५ प्रतिशत) ले गिरावट भएर १९८९.२६ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने २ अर्ब नाघेको छ । आइतबार बजारमा ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५ करोड ९७ लाख ३७ हजारको कारोबार भएको छ । जसमध्ये अरुण कावेली पावरको १० करोड ३३ लाख ६२ हजारकधो कारोबार हुँदा शिवम् सिमेन्टको ७ करोड १५ लाख ४१ हजारको कारोबार भएको छ ।

आइतबार नेप्सेमा १८८ कम्पनीको सेयर कारोबार भएकोमा १८२ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १ कम्पनीको स्थिर छ ।

आइतबार कारोबार भएकोमध्ये राधी जलविद्युत कम्पनीको सेयर मूल्य ५.९० प्रतिशतले वृद्धि हुँदा आर्दश लघुवित्तको १.९८ प्रतिशत। मैलुङ खोला जलविद्युत कम्पनीको १.३४ प्रतिशतले बढेको छ । त्यस्तै सबैको लघुवित्त युनिलिभर नेपालको सेयर मूल्य पनि सामान्य वृद्धि भएको छ ।

यता रुरु जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले गिरावट हुँदा अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ७.०३ प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ६.७७ प्रतिशतले गिरावट भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.