एमाले पोलिट्ब्युरो बैठक आज
०९ भदाै, काठमाडाैं । नेकपा (एमाले) पोलिट्ब्युरो बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ ।
बैठकमा अध्यक्ष कमरेड केपी शर्मा ओलीले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटीको पाँचौँ बैठकमा प्रस्तुत गर्नुहुने राजनीतिक प्रतिवेदनका बारेमा जानकारी दिनेछन्।
भदौ १० र ११ गते पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।
यही भदौ ७ गते बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको थियो ।