Advertisement

बन्दको बहाना र बिमा पाउने आशामा यसरी लगाइयो आफ्नै टिप्परमा आगो, चालक र सहचालक पक्राउ

0 321

Advertisement

०७ भदौ, दाङ । दाङ घोराही उप–महानगरपािलका वडा नं.३ कुईरेपानी स्थित बबई खोलाको पलु निजक रा १ ख १६९४ नं.को टिफरमा अज्ञात समुहले आगो लगाएको भनिए पनि अन्ततः टिफरका मालिककै योजनामा जानीबुझि आगो लगाईएको खुलेको छ ।

त्यसपछि टिफरधनी धनेश्वर भण्डारी, चालक अरुण चौधरी र सहचालक अशोक चौधरीलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

मालिक भण्डारीले टिफर पुरानो भएको भन्दै वीमा दावी गर्न डिजल खन्याएर आगो लगाउन निर्देशन दिएपछि चालक र सहचालक चौधरीले आगो लगाएका थिए ।

सो कसुर प्रमाणित भएपछि उनीहरुलाई आपराधीक लाभ शीर्षकको मुद्धा चलाएर अनुसन्धान कार्य अघि बढाईएको दाङ प्रहरीले जनाएको छ ।

यस्तो छ प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष

प्रहरीका अनुसार एक्कासी नाम थर वतन नखुलेका बन्दकर्ताहरुले चालक तथा सहचालक समेतलाई टिप्परबाट तल झारी उक्त टिप्परमा आगजनी गरी फरार भएको भन्ने जानकारी प्राप्त पश्चात उक्त स्थानमा प्रहरी चौकी गोग्ली दाङका प्रनानि बत्तिकुमार पोख्रेलको कमाण्डमा ३ जना र वडा प्रहरी कार्यालय घोराही दाङबाट प्रनि गजेन्द्रबहादुर शाहीको कमाण्डमा ७ जनाको टोली दमकलसहित उक्त स्थानमा खटिई गई आगो नियन्त्रणमा लिई उक्त टिप्परका धनि, सवारी चालक र सहचालक समेतलाई सोधपुछको लागि यस कार्यालयमा ल्याइएकोमा प्रारम्भिक अनुसन्धान पश्चात उक्त टिप्परका धनि धनेश्वर भण्डारी स्वयंले टिप्पर पुरानो भइ जीर्ण भइसकेकोले बिमा दाबीका लागि उक्त टिप्परमा आगो लगाउन चालक अरूण चौधरीलाई निर्देशन दिएकोले चालक अरूण चौधरी र सहचालक आकाश चौधरी समेतले उक्त टिप्परमा डिजेल खन्याई आगो लगाएको खुल्न आएकोले निज धनेश्वर भण्डारी, अरूण चौधरी र आकाश चौधरीलाई पक्राउ गरी निजहरू उपर आपराधिक लाभ शिर्षकमा मुद्दा दर्ता भई अनुसन्धान कार्य जारी रहेको ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.