Advertisement

टी–२० विश्वकप क्रिकेटको ट्रफी सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने

0 271

Advertisement

०५ भदाै, काठमाडौं अस्ट्रेलियामा यसैवर्ष आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने भएको छ।

विश्व भ्रमणको दौरान यसै महिना नेपाल आइपुग्ने विश्वकप ट्रफी सगरमाथाको आधार शिविरमा पुर्‍याइने नेपाल क्रिकेट संघ(क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए।

‘आईसीसीको तालिका अनुसार विश्वकप ट्रफी भदौ १४ मा नेपालमा ल्याइने छ। उक्त ट्रफी दुई दिनसम्म नेपालमा रहने छ। ट्रफीलाई भदौ १४ गते नै प्रदर्शनीको लागि सगरमाथाको आधार शिविर पुर्‍याइने छ,’ मल्लले नेपाल लाइभसँग भने।

विश्वकप ट्रफी नेपालमा दोस्रोपटक ल्याउन लागिएको हो। यसअघि २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो। टी-२० विश्वकपको ट्रफी भने पहिलोपटक नेपाल ल्याउन लागिएको हो।

ट्रफीलाई जनकपुर तथा भक्तपुर दरबार क्षेत्रमासमेत राखिने मल्लले जानकारी दिए। ‘उक्त दिन समर्थकहरुले ट्रफी हेर्न र तस्बिर खिचाउन पाउनेछन्’, उनले भने।

विश्वकपको १०० दिने ट्रफी टूर जारी छ। ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिँदैछ। विश्वकपको ट्रफी निशान कम्पनीले विश्वभर प्रदर्शन गरिरहेको हो।

अस्ट्रेलियाको ७ सहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ। विश्वकपमा १६ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.