Advertisement

मङ्सिर २३ भित्र कृषि तथा गैर कृषि जग्गा छुट्याउन सबै स्थानीय तहलाई पत्र

0 116

Advertisement

३१ साउन, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी मङ्सिर २३ गतेभित्र कृषि तथा गैर कृषि जग्गा छुट्याउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।

तत्कालको लागि स्थानीय भू उपयोग परिषद्‌बाट निर्णय गरी कृषि र गैर कृषि क्षेत्र आगामी मङ्सिर २३ गतेभित्र छुट्याउनुपर्ने मन्त्रालयले जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ ‘तत्पश्चात् सम्बन्धित तहको भू उपयोग क्षेत्र वर्गीकरण, भू उपयोग योजना तर्जुमा र कार्यान्वयनसम्बन्धी कार्य गर्नुपर्ने हुन्छ ।’

नापी विभागले ७५३ वटै स्थानीय तहको भू उपयोग नक्सा, सोको विद्युतीय अभिलेख वा तथ्याङ्क तयार गरी सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिसकेको जनाएको छ । स्थानीय तहले सो नक्सा तथा तथ्याङ्कको प्रयोग गरी भू उपयोग क्षेत्र छुट्याउन सक्नेछन् ।

खेती योग्य जग्गा वा गैर कृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भू उपयोग परिषद्‌ले भू उपयोग ऐन २०७६ र भू उपयोग नियमावली २०७९ मा तोकिएको मापदण्डका आधारमा कृषि क्षेत्र र गैर कृषि क्षेत्र वर्गीकरण गर्नुपर्ने व्यवस्था छ । यसरी जग्गा वर्गीकरणपछि मात्र स्थानीय तहले कित्ताकाट प्रयोजनका लागि सिफारिस गर्नुपर्नेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.