Advertisement

उठ्न थाल्यो काठमाडौँको फोहोर

0 101

Advertisement

२९ साउन, काठमाडौँ । सुरक्षाकर्मीको सहयोगमा काठमाडौँ महानगरपालिकाले आज बिहानबाट राजधानीको फोहोर विसर्जन गरेको छ ।

गएको सोमबार काठमाडौँ महानगरपालिकाको दुई वटा चेन डोजर र फोहोरमा केमिकल छर्कने एउटा जेट मेशिन सहित फोहोर बोक्ने १७ सवारी साधनमा तोडफोड भएपछि उपत्यका लगायत १७ स्थानीय तहको फोहोर व्यवस्थापन अनिश्चित भएको थियो ।

लगत्तै काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राई सहितको टोली र फोहोर बोक्ने निजी संस्थाबीच तोडफोड भएको सवारी साधनको तत्काल क्षतिपूर्ति गर्ने सहमति भएपछि फोहोर उठाउन सुरु गरेको हो ।

कामपा वातावरण व्यवस्थापन विभागका ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले नेपाल प्रहरीको सहयोगमा आज १ सय ४३ ट्रिप फोहोर ल्याण्डफिल साइटमा विसर्जन गरेको जानकारी दिए ।

स्थानीय अवरोधको कारण केही दिनयता उपत्यकाका १७ स्थानीय निकायको फोहोर व्यवस्थापन हुन सकेको थिएन । विभिन्न माग राखी आन्दोलनमा उत्रिएका स्थानीयले सोमबार राती फोहोर बोक्ने सवारी साधन तोडफोड गरेपछि फोहोर व्यवस्थापन ठप्प भएको थियो ।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख राईले अहिले कामपाले क्षतिपूर्ति दिने र पछि तोडफोडको घटनामा संलग्नमाथि कारबाही गरी क्षतिपूर्ति असुल्ने जनाएपछि आजबाट फोहोर व्यवस्थापन सुचारु भएको बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.