Advertisement

हुन्डाईले सानो ईभीमा ब्रोगवार्नरको इन्टरग्रेटेड ड्राइभ मोड्युल प्रयोग गर्ने

0 134

Advertisement

२७ साउन, काठमाडौं । हुन्डाईले आफ्नो नयाँ सानो इलेक्ट्रिक सवारीमा ब्रोगवार्नरको इन्टरग्रेटेड ड्राइभ मोड्युल (आईडीएम) प्रयोग गर्ने भएको छ।

पछिल्लो दुई वर्षमा हुन्डाईले दोस्रो पटक नयाँ ईभीका लागि ब्रोगवार्नरको उपकरण प्रयोग गर्न लागेको इलेक्ट्रेकले उल्लेख गरेको छ।

हुन्डाईले सानो इलेक्ट्रिक कार २०२४ को तेस्रो क्वाटरमा उत्पादन गर्ने योजना बनाएको छ।

हुन्डाईले ब्रोगवार्नरको उच्च शक्ति, कुशल एकीकृत ड्राइभ मोड्युल आईडीएम१४६ प्रयोग गर्नेछ। आईडीडब्ल्यूले ४०० भोल्टमा १३५ किलोवाट पिक पावर प्रदान गर्छ।

ब्रोगर्वानरको आईडीएम१४६ पावर इलेक्ट्रोनिक्स, इलेक्ट्रिक मोटर, भेहिकल मेकानिक्सले ईभी उत्पादन गर्ने अटोमेकरहरुका लागि उत्तम विकल्प प्रदान गर्छ। गियरबक्स, मोटर र सिलिकन इन्भर्टर एउटै युनिटमा उपलब्ध हुँदा समग्र तौ र प्रयोग गर्ने ठाउँ घटाउन मद्दत गर्छ।

इलेक्ट्रिक मोटरमा प्रयोग गरिएको उच्च भोल्टेज हेयरपिन टेक्नोलोजीले ईभी उत्पादनका लागि कुशल, स्केलेबल सलुसन प्रदान गर्छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.