Advertisement

तनहुँमा माइक्रोबस दुर्घटना, १४ जना घाइते

0 76

Advertisement

२६ साउन, काठमाडाैँ । पृथ्वी राजमार्गको तनहुँ सडक खण्डस्थित म्यादे गाउँपालिकाको धयरेमा माइक्रोबस दुर्घटना भएको छ । दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा.४ ख. ९९९९ नम्बरको माइक्रोबस आफैं अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले रातोपाटीलाई बताए ।

दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेहरुको दमौलीस्थित रत्नहरि अस्पतलामा उपचार भइरहेको छ । ५ जनालाई पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको छ । मणिपालमा रिफर गरिएकाहरुमा बिमल रानाभाट, भानुप्रसाद भट्टराई, बिन्दु भट्टराई, भावना श्रेष्ठ र चालक जीवन आले छन् ।

माइक्रोबस अनियन्त्रित भएर सम्धीखोला पुलको रेलिङमा ठोक्किएर १५ फिट तल खसेको डीएसपी खड्काले जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.