Advertisement

सोमबार यता नेप्सेमा निरन्तर गिरावट, कारोबार रकम पनि घट्यो

0 168

Advertisement

२५ साउन, काठमाडौं । सोमबार यता सेयर बजारमा निरन्तर गिरावट आएको छ । साताको चौथो कारोबार दिन बुधबार परिसूचक नेप्से ५.११ अंक (०.२५ प्रतिशत) ले गिरावट हुँदा २०५७.६८ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै अधिकांश उपसूचकमा गिरावट हुँदा कारोबार रकम पनि घटेको छ । बुधबार उत्पादनमुलक र लगानी उपसूचक बाहे सबै उपसूचक घटेको छ । उत्पादनमुलक उपसूचक ०.५ प्रतिशत र लगानी उपसूचक ०.६९ प्रतिशतले बढेको छ । व्यापार उपसूचक सर्वाधिक १.४९ प्रतिशतले गिरावट हुँदा अरु उपसूचकहरुमा भने १ प्रतिशत भन्दा कमको गिरावट भएको छ ।

पछिल्लो समय लगातार २ अर्ब नाघिरहेको कारोबार रकम बुधबार २ अर्बबाट तल झरेको छ । मंगलबार २ अर्ब ८१ करोडको कारोबार भएको बजारमा बुधबार ४६ लाख ४० हजार ८४४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९३ करोड ५५ लाख २० हजार रुपैयाँको कारोबार भएको छ ।

जसमध्ये नागरिक लगानी कोषको सर्वाधिक १० करोड ६८ लाख ७९ हजारको कारोबार हुँदा शिवम् सिमेन्टको ६ करोड ८८ लाख ४८ हजारको कारोबार भएको छ ।

बुधबार बजारमा १८२ कम्पनीको सेयर कारोबारमा आएकोमा ११९ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ५६ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ७ कम्पनीको सेयमूल्य भने स्थिर रहेको छ ।

बुधबार कारोबार भएकोमध्ये हिमालयन हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । त्यस्तै युनिलिभर नेपालको सेयरमूल्य ४.३० प्रतिशतले वृद्धि भएको छ ।

यता मर्जरपछि एकीकृत कारोबार सुरु गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य ९.९९ प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा हिमालयन पावरको सेयरमूल्य ३.७२ प्रतिशतले घटेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.