Advertisement

प्रहरीमा राजीनामा दिनेको संख्या घट्यो

0 76

Advertisement

२० साउन, काठमाडौँ । नेपाल प्रहरीमा राजीनामा दिनेको संख्यामा कमी आएको छ । आर्थिक वर्ष ०७८-७९ मा चार सय ९८ जनाले राजीनामा दिएका छन् । दुई–तीन वर्षअघि वार्षिक दुई हजारभन्दा धेरै प्रहरीले राजीनामा दिने गरेका थिए ।

आर्थिक वर्ष ०७७-७८ मा सात सय तीन तथा ०७६-७७ मा दुई हजार ७७ प्रहरीले राजीनामा दिएका थिए ।

तल्लो तहमा तीनवटा नयाँ दरबन्दी थपेर छिटो बढुवा गर्न थालिएको तथा नियमित बिदालगायत समस्या हल गरिएकाले पनि राजीनामा दिनेको संख्या घटेको प्रहरी अधिकारीले बताएका छन् । धेरैजसो प्रहरी राजीनामा दिएर विदेश जाने गरेका छन् ।

कोरोना महामारीको समयमा विदेश जाने अवसर कम भएकाले पनि कतिपयले राजीनामा नदिएको बताइएको छ ।

प्रहरीमा पेन्सन अवधि पुगे लगत्तै राजीनामा दिने प्रवृत्ति छ । हाल २० वर्षमा पेन्सन अवधि पुग्छ । त्यसलाई १६ वर्ष बनाउन तल्लो तहका प्रहरीले आग्रह गर्दै आएका छन् । प्रहरी प्रधान कार्यालयले यससम्बन्धी प्रस्ताव अघि बढाए पनि त्यो पारित हुन सकेको छैन ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.