Advertisement

क्षमतै नहेरी बैङ्कहरूले मनपरी कर्जा विस्तार गर्दा लगानीयोग्य रकम अभाव : नेपाल राष्ट्र बैङ्क

0 102

Advertisement

११ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्कहरूले कर्जा विस्तारमा मनपरी गर्दा अहिले लगानीयोग्य रकम अभाव भएको निष्कर्ष निकालेको छ ।

केन्द्रीय बैङ्कले बैङ्क सुपरभिजन रिपोर्ट सार्वजनिक गर्दै बैङ्कहरूको ऋण विस्तारको आक्रामक शैलीमाथि प्रश्न गरेको हो ।

जुन उद्देश्यका लागि ऋण दिइएको थियो, त्यसमा प्रयोग नभएको केन्द्रीय बैङ्कले औँल्याएको छ ।

कोभिड १९ महामारीका बेला बैङ्कहरूबाट प्रवाह भएको कर्जा तोकिएको क्षेत्रमा प्रयोग नभएर अन्य ऋण तथा साँवा-ब्याज भुक्तानीमा प्रयोग भएको राष्ट्र बैङ्कको प्रतिवेदन उल्लेख छ ।

ऋण तिर्न सक्ने क्षमतासमेत नहेरी बैङ्कहरूले ऋण दिएका छन् । कर्जा विस्तारले उत्पादनभन्दा अनावश्यक वस्तुको आयात र उपभोगमा बढी खर्च भएको राष्ट्र बैङ्कको ठहर छ ।

दिगो अर्थतन्त्र निर्माण अहिलेको आवश्यकता भएकाले वित्तीय प्रणाली सन्तुलित बनाउनुपर्ने भएको छ ।

केन्द्रीय बैङ्कले कोभिड १९ को प्रभाव न्यूनीकरण गर्न त्यतिवेला बैङ्क तथा वित्तीय संस्थामार्फत विभिन्न खालका सहुलियत दिएको थियो ।

केन्द्रीय बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कुल गार्हस्थ्य उत्पादनभन्दा कर्जा विस्तारको आकार ठुलो भएको भन्दै त्यसलाई साइजमा ल्याउन कर्जा विस्तारको लक्ष्य घटाएको छ ।

चालु आर्थिक वर्ष १२.५ प्रतिशतसम्म कर्जा विस्तार हुने मौद्रिक नीतिमा उल्लेख छ ।

कर्जा विस्तार कम गर्न विभिन्न खालका नीतिगत दरहरुमा वृद्धि गरिएको छ । पछिल्लो तथ्यांकअनुसार अहिले कुल निक्षेप ५० खर्बभन्दा बढी छ । कर्जा ४६ खर्बभन्दा बढी छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.