Advertisement

संसदीय समितिलाई बयान दिन पूर्वअर्थमन्त्री शर्मा सिंहदरबारमा

0 89

Advertisement

०५ साउन, काठमाडाैँ । संसदीय विशेष छानबिन समितिको बैठक सुरु भएको छ । बैठकमा पूर्वअर्थमन्त्री जनार्दन शर्मा पनि सहभागी भएका छन् । समितिका ११ जना नै सदस्यहरु नै बैठकमा उपस्थित भएका छन् । आजको बैठकमा पूर्वमन्त्री शर्मासँग बयान लिइनेछ।

यसअघि बुधबार अर्थमन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समाचार लेख्ने दुई पत्रकारसँग छलफल समितिले छलफल गरेको थियो ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ । उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो ।

आज समिति गठन गरिएको १० दिन पूरा भएको छ । समितिले छानबिनका लागि समय अपुग भएको भन्दै सात दिन म्याद थप गर्नका लागि सभामुखसँग आग्रह गर्ने तयारी गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.