Advertisement

बेलायतको प्रधानमन्त्री बन्ने रेसमा अझै ऋषि नै अगाडि

0 91

Advertisement

०३ साउन, एजेन्सी । बेलायतको प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीको नेताको दौडमा ऋषि सुनाक सबैभन्दा अघि रहेका छन् । सोमबार कन्जरभेटिभ पार्टीको नयाँ नेता चुन्नका लागि सांसदहरूबीच भएको तेस्रो चरणको मतदानमा पनि उनी पहिलो स्थानमा रहन सफल भएका हुन् ।

उता सांसद टम टुगेंडहट भने यो रेसबाट बाहिरिएका छन् । पूर्व अर्थमन्त्री ऋषि सुनाकसँगै दोस्रो नम्बरमा वाणिज्य मन्त्री पेनी मोर्डेंट, तेस्रो स्थानमा विदेश मन्त्री लिज ट्रस र चौथो नम्बरमा केमी बडेनोच रहेका छन् । मंगलबार बाँकी चार उम्मेदवारबीच फेरि मतदान हुनेछ । अन्तिम दुई उम्मेदवार बाँकी रहेसम्म यो मतदान प्रक्रिया चलिरहनेछ ।

जुलाई २१ सम्म यो प्रक्रिया चल्ने सम्भावना रहेको छ । अन्त्यमा कन्जरभेटिभ पार्टीका सदस्यहरूले पोस्टल भोटमार्फत नयाँ नेता चुन्नेछन् । विजयी उम्मेदवारले पार्टीको नेताको साथै प्रधानमन्त्री पद पनि सम्हाल्नेछन् । नयाँ प्रधानमन्त्रीको घोषणा ५ सेप्टेम्बरमा हुनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.