Advertisement

गीतकार ईट्टाघरेको शब्दमा रहेको ‘दुधको साक्षी बिरालो’ सार्वजनिक  ( भिडियो ) 

0 413

Advertisement

०३ साउन, काठमाडाैँ । नेपाली सांगीतिक आकाशमा आफ्नो भविष्य खोजिरहेका प्रतिभावान गायक बिकु क्षेत्रीको सुमधुर स्वरमा सजिएको ‘दुधको साक्षी बिरालो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा उनलाई चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन्। गीतमा शब्द पेन्सलभेनियामा बस्दै आएका गीतकार ईट्टाघरेको रहेको छ। दिपक शर्माले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा सरोज अधिकारी र आश्मा बिश्वकर्माको बिचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।

रोशन बिकले कोरियोग्राफी गरेको यस भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन्। भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। गीतकार ईट्टाघरेको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो युनिकर्न मोशन पिक्चर्स नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

यसअघि गायक क्षेत्रीको स्वरमा रहेको ‘जाऊ हिँड’ , ‘दिल खोलेर भनन’ लगायत भिडियोहरु सार्वजनिक भैसकेका छन्। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.