Advertisement

इन्धन खरिदका लागि श्रीलंकाले रुससँग मद्दत माग्दै

0 61

Advertisement

२३ असार, एजेन्सी । इतिहास कै खराब आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले इन्धन खरिदका लागि रुसी राष्ट्रपति भलादिमिर पुटिनसँग सहयोग मागेको छ ।

श्रीलंकाका राष्ट्रपति गोतापाया राजापाक्षले ट्वीटरमा आफूले रुसी राष्ट्रपति भलादिमिर पुटिनसँग वार्ता गरेको र उक्त वार्ता सफल रहेको जनाएका छन् ।

गत साता श्रीलंकन अर्थमन्त्रीले देश थप पेट्रोलियम पदार्थ किन्न सक्ने अवस्थामा नभएको र छोटो समयमा नै स्टोरमा राखिएको इन्धन पूर्ण रुपमा सक्किने बताएका थिए । त्यसै अनुरुप राष्ट्रपति गोतापायाले रुससँग पेट्रोलियम पदार्थ खरिदमा सहयोग मागेका छन् ।

यसैगरी राजापाक्षले भलादिमिर पुटिनसँग मोस्को–कोलोम्बो फलाइट सुचारु गर्न आग्रह समेत गरेका छन् । आम्दानीको श्रोत नै पर्यटन रहेका कारण श्रीलंकाले रुसबाट हुने उडान सञ्चालनका लागि आग्रह गरेको हो ।

गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले यस अघि पनि रुसबाट इन्धन आयात गर्दै आएको छ । देशमा व्याप्त संकटको सामना गर्न श्रीलंकाले भारत र चीनसँग पनि सहयोगको अपेक्षा गरेको छ र वार्ता अघि बढाएको छ ।

श्रीलंकामा मुद्रास्फीति दर ५४.६ प्रतिशत पुगेको छ भने खाद्य पदार्थको मूल्य ८० प्रतिशतले बढेको छ । मुद्रास्फीतिको सामना गर्न श्रीलंकाको केन्द्रीय बैंकले १ प्रतिशतले औसत ब्याज दर वृद्धि गरेको छ ।

युद्धका कारण विभिन्न प्रतिबन्धहरुको सामना गरिरहेको रुसले वर्तमान समयमा श्रीलंकालाई आवश्यक सहयोग गर्न चाहेता पनि नसक्ने अवस्थामा रहेको बिबीसीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.