Advertisement

मोरङमा लागुऔषधसहित चार जना पक्राउ

0 142

Advertisement

१७ असार, मोरङ । प्रहरीले मोरङमा लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर र २ नम्बर ढाटबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बिहीबार दिउँसो सवा १२ बजे लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले २ नम्बर ढाट छेउबाट भारतबाट नेपालतर्फ आउँदै गरेका मोरङ सुन्दरहरैचा नगरपालिका–४ का २६ वर्षीय पवन घिमिरे र सुन्दरहरैचा नगरपालिका–६ का २७ वर्षीय बिजय राईलाई लुपिजेसिक १२ ऐम्पुल, फेनारगन १२ ऐम्पुल, डाईजोपाम १२ ऐम्पुल, ऐभिल १२ ऐम्पुल सहित पक्राउ गरेको हो।

यसैगरी, बिहीबार दिउँसो २ बजे १ नम्बर ढाटबाट बा३५प २७१४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका सुन्दरहरैचा नगरपालिका–१२ का २० वर्षीय अभिषेक चौधरी र पछाडी सवार सोही ठाउँका १९ वर्षीय निशान गुरुङलाई निट्राभेट–१० को ३० वटा ट्याबलेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनाको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.