Advertisement

ङातापोल्हँ मन्दिरकाे ३२० वर्ष पूरा : फहराइयो पतचाः, मनाइयो बुसादाँ

0 91

Advertisement

१६ असार, भक्तपुर । विश्व प्रसिद्ध ङातापोल्हँ (पाँचतले) मन्दिरकाे ३२० वर्ष पूरा भएको अवसरमा आज (बिहीवार) पतचाः (झण्डा तोलन) फहराएर बुसादाँ मनाइएको छ । प्रत्येक वर्ष असार शुक्लपक्ष प्रतिपदाको दिन (निर्माण् सम्मन्न भएको दिन) ङातापोल्हँको बुसादाँ मनाइँदै आइएको छ ।

बुसादाँ मनाइनुअघि मन्दिर भित्र पतचाःलाई कर्माचार्य, जोशी, राजोपाध्य र ताल्चाभडेल पुजारीहरुले विधिवत् रुपमा पुजा गरी बोका बली दिने प्रचलन रहेको छ । पुजापछि पतचाःलाई भक्तपुर तुछिमलाका अवाल समुदायलाई हस्तान्तरण गरिन्छ ।

मन्दिरमा पतचाः फहराउनका लागि तुछिमलाको अवालबाहेक अरुलाई मन्दिरमाथि प्रवेश गर्न निषेध रहेको छ । प्रत्येक वर्षझैँ यो वर्ष पनि करिव एक दर्जन अवालहरु मन्दिरमाथि गएर पतचाः फहराएका छन् । पतचाः राख्नका लागि ४ जनाले गजुरको चार कुनामा बसेर बाँधेका थिए । करिव १ हजार ५,२० फिट लामो पाटसहितको बाँसमा ६६ इन्च लम्बाई र ४४ इन्च चौडाईको सेतो कपडाले पतचाः फहराइएको थियो ।

नेपाल सम्वत ८२२ मा राजा भुपतेन्द्र मल्लले असार शुक्लपक्ष प्रतिपदाको दिन पहिलो वर्षको बुसादाँ पुजा सुरु गरी पतचाः फहराएको इतिहासमा उल्लेख छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.