Advertisement

एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक बस्दै

0 85

Advertisement

१३ असार, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक बस्दैछ । काठमाडौंको प्रज्ञा भवन कमलादीमा आज (सोमबार) बस्ने बैठकमा देशभरबाट करिब १५ सय जना सहभागी हुने एकीकृत समाजवादीका महासचिव डा बेदुराम भुसालले बताए ।

बैठकको शुभारम्भ अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गर्ने छन् । बैठकमा पार्टीको देशभर भएका साङ्गठानिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित एजेन्डामाथि छलफल हुने छ ।

महासचिव डा बेदुराम भुसालका अनुसार हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमाथि पनि छलफल गरिनेछ । भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल हुने छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.