Advertisement

विश्व बैंकबाट डिजिटल नेपाल रुपान्तरणका लागि सवा १७ अर्ब ऋण स्वीकृत

0 127

Advertisement

०३ असार, काठमाडौं । विश्व बैंकले डिजिटल नेपाल रुपान्तरणका लागि १४ करोड अमेरिकी डलर (करिब सवा १७ अर्ब रुपैयाँ) ऋण सहायता स्वीकृति गरेको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले डिजिटल नेपाल एक्सेलेरेसन (डीएनएन) परियोजनाका लागि उक्त रकम बराबरको ऋण सहायता स्वीकृत गरेको विश्व बैंक नेपालले जनाएको छ । यो सहायता ब्रोड ब्याण्डको पहुँच विस्तार र डिजिटल अर्थतन्त्रमा सहभागिता वृद्धि गर्न खर्च गरिने भएको छ ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री निर्देशक फारिस हदाद जेर्भोसले समावेशी र सुरक्षित डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्न सहायता सहयोग सिद्ध हुने बताए ।

विश्व बैंकका अनुसार परियोजनाले डिजिटल नेपाल फ्रेमवर्कको रणनीति कार्यान्वयनमा सहयोग गर्नेछ । ग्रामीण भेगमा गुणस्तरीय डिजिटल ब्रोड ब्याण्ड सेवा विस्तारमा यो परियोजनाले काम गर्नेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.