Advertisement

च्यासलमा एमाले अनुशासन आयोगको बैठक

0 74

Advertisement

३१ जेठ, काठमाडाैँ । नेकपा एमाले केन्द्रीय अनुशासन आयोगको बैठक बसेको छ । आयोगका अध्यक्ष केशव बडालको अध्यक्षतामा मंगलबार मध्याह्न पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा पार्टीको आन्तरिक जीवनका सम्वन्धमा छलफल हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

नेता रिजालका अनुसार बैठकमा सदस्यहरुले आ–आफ्नो क्षेत्रमा भएका पार्टी काम र त्यसक्रममा देखा परेका समस्याहरूका बारेमा रिपोर्टिङ गर्नेछन् ।

एमाले सचिवालयको बैठक बसेलगत्तै अनुशासन आयोगको बैठक बसेको हो । सोमबार एमाले सचिवालय बैठक बसेको थियो । उक्त बैठकले निर्वाचनको समिक्षा, जनप्रतिनिधिहरूलाई असार २ र ३ मा पार्टीले दिने प्रशिक्षण र केही विभागहरूमा सदस्य थप्ने निर्णय गरेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.