Advertisement

तालिवानको अत्याचार रोक्न करोडौँ डलरका परियोजना

0 73

Advertisement

२२ जेठ, एजेन्सी । आफ्ना नागरिकलाई अत्यावश्यक खाद्यान्न, जीविकोपार्जन र स्वास्थ्य सेवा पु-याउन तथा विशेष गरी महिलाविरुद्ध तालिवानको बढ्दो अत्याचारलाई रोक्न विश्व बैंक र अफगानिस्तान पुनर्निर्माण कोष ( एआरटीएफल ) को व्यवस्थापन समितिले ७९ करोड ३० लाख अमेरिकी डलरका तीनवटा परियोजना स्वीकृत गरेको छ ।

युद्धग्रस्त देशका ती परियोजना आर्थिक कठिनाइमा परेकाहरूलाई मद्दत गर्ने लक्ष्यका साथ स्वीकृत गरिएका हुन् । महिला र किशोरीहरूलाई परियोजनाले विशेष महत्व दिएको छ । तीनवटै परियोजना संयुक्त राष्ट्रसङ्घीय निकाय र तालिबान नेतृत्वको सरकारको नियन्त्रण बाहिरका गैर–सरकारी संस्थाहरूले सञ्चालन गर्नेछन् ।

विश्व बैंकका अनुसार अफगानिस्तान आपतकालीन खाद्य सुरक्षा परियोजनाले किसानहरूलाई खाद्यान्न उत्पादन गर्न र खाद्य सुरक्षा थप बिग्रन नदिन मद्दत गर्नेछ भने मानवीय पहल गहुँ उत्पादनमा केन्द्रित हुनेछ । परियोजनाले बालबालिका, अपाङ्गता भएका व्यक्ति वा दीर्घरोग भएका तथा महिलाको नेतृत्वमा रहेका घरपरिवारलाई बीउ र आधारभूत औजार उपलव्ध गराउनका साथै पोषणसम्बन्धी प्राविधिक तालिम दिनेछ।

सामुदायिक जीवनयापन परियोजनाले बाम्यान, हेरात, जलालाबाद, काबुल, कान्दाहार, खोस्ट, कुन्दुज र बल्खमा जीविकोपार्जनका अवसरका साथै ग्रामीण र शहरी क्षेत्रमा आवश्यक सेवाहरू उपलब्ध गराउनेछ । ग्रामीण क्षेत्रका दश लाख घरपरिवारलाई आर्थिक र जीविकोपार्जनका अवसर प्रदान गर्ने लक्ष्य परियोजनाको लक्ष्य छ ।

त्यसैगरी स्वास्थ्यसम्बन्धी अर्को परियोजनाले देशभरका दुई हजार ३०० भन्दा बढी स्वास्थ्य केन्द्रमा आधारभूत स्वास्थ्य, पोषण र कोभिड–१९ सेवा प्रदान गर्नेछ । परियोजना देशका प्रमुख स्वास्थ्य सेवाहरूको उपयोग र गुणस्तर सुधारमा केन्द्रित हुनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.