Advertisement

सिसडोल पुगे मेयर शाह र उपमेयर डंगोल

0 103

Advertisement

२० जेठ, काठमाडाैँ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह ‘बालेन’ काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन हुने स्थान सिसडोल पुगेका छन्।

मेयरमा निर्वाचित भएपछि उनी दोस्रो पटक सिसडोल पुगेका हुन्। लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर शाह र उपमेयर सुनिता डंगोल शुक्रबार बिहान सिसडोल पुगेका हुन्।

फोहोर व्यवस्थापनका विषयमा शाहले बिहीबार साँझ मात्र सहरी विकास मन्त्री रामकुमारी झाक्रीसँग परामर्श गरेका थिए। उनले मेयरको शपथ लिएपछि फोहर व्यवस्थापन नगरि खादा, माला नलगाउने बताएका थिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.