Advertisement

चक्कु रोपिएर एक विद्यार्थीको मृत्यु, दुई दिनसम्म घटना गुपचुप

0 134

Advertisement

१४ जेठ, काठमाडौँ । फुलटेक्रामा सञ्चालनमा रहेको मदरसा फैजाने मदिनामा अध्ययन गर्दै आएका दुई विद्यार्थी आपसमा खेल्दाखेल्दै चक्कु रोपिएर एकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेका अनुसार मदरसामा अध्ययनरत कास्की रुपाकोट–६ का १६ वर्षीय जामुदिन मियाँको ज्यान गएको हो ।

गत १२ जेठ साँझ ५ बजे भएको उक्त घटनामा मृतक मियाँ र सिराह मिर्चैयाका १२ वर्षीय मोहम्मद आंशिक आपसमा खेल्दै गर्दा आशिकले समातेको चक्कु मियाँको देब्रे छातीमा (मुटुमै) रोपिन गई गम्भीर घाइते भएका थिए ।

खेल्दै गरेका विद्यार्थीका हातमा चक्कु कसरी पुग्यो वा पहिला नै योजनाबद्ध घटना भएको हो प्रहरीले खुलाएको छैन । मदरसाले पनि घटनाको बारे जानकारी गराएको छैन ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.