राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त
११ जेठ, काठमाडाैँ । नेपाल राष्ट्र बैंकको संचालकमा चिन्तामणि शिवाकोटी र डा.शंकर आचार्य नियुक्त भएका छन्।
लामो समयदेखि रिक्त रहेको दुई पदमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर र पूर्व कार्यकारी निर्देशक आचार्यलाई सञ्चालकमा नियुक्त गरेको हो।
यसअघि राष्ट्र बैंकको संचालक श्रीराम पौडेल र रामजी रेग्मी थिए। उनीहरुको कार्यकाल सकिएपछि दुई पद रिक्त थिए।