Advertisement

अखिल नेपाल किसान महासंघद्धारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग

0 134

Advertisement

११ जेठ, काठमाडाैँ । अखिल नेपाल किसान महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न सरकार समक्ष माग गरेको छ ।

महासंघले नेपाल सरकारले गरेको पेट्रोलियम पदार्थको चर्को मुल्य वृद्धिको घोर विरोध गर्देै जनताको दैनिक जीवनलाई अस्त व्यस्त पार्ने गरी भएको चरम मुल्य वृद्धि तत्काल फिर्ता गर्न नेपाल सरकार समक्ष जोडदार माग गरेको हो ।

साथै महंगीको मारमा परेका जनतामाथि पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ, खाना पकाउने ग्याँसमा ३२७ रुपैयाँ, तथा अन्य वस्तुमा ठूलो मात्रामा कर उठाएको कुराले सरकार जनताप्रति उत्तरदायी र जवाफदेही नभएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अखिल नेपाल किसान महासंघका अध्यक्ष बलराम बास्कोटाले कोरोनाले थलिएका जनताहरु मुद्रा स्फिती, चर्को व्याजदार, खाने तेल लगायतका खाद्य बस्तुको चरम मुल्य बृद्धि, तरलता अभावका कारण लगानीका क्षेत्र संकुचन हुँदै जानु, उत्पादनमा ह्रास आदीका कारण सृजीत आर्थिक संकटले थप मारमा परेको बताए ।

यतिबेला जनतालाई राहत दिने कार्यक्रम अघि सार्नुको साटो जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा ७ महिनामा १० पटकसम्म मुल्य वृद्धि गर्नु खेदजनक रहेको उनको भनाई छ ।

महासंघले आम जनताको दैनिकिमा प्रत्यक्ष असर पर्ने वस्तुहरुमा भएको मुल्यवृृद्धिले बहुसंख्यक किसान तथा आम जनसमुदायको दैनिकी चलाउन समेत धौधौ पर्ने अवस्था आएकोप्रति संवेदनशील हँुदै सरकारलाई पेट्रोलियम पदार्थमा लिएको करको भारलाई कमगर्न तथा तत्काल पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्तालिई आम नागरिकको दैनिक जीवन यापन सहज बनाउन जोडदार माग गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.