Advertisement

२२ सयमा झर्‍यो सेयर बजार

0 121

Advertisement

०९ जेठ, काठमाडौं । सेयर बजार नेप्से परिसूचक २२ सयको बिन्दुमा झरेको छ । साताको पहिलो कारोबार दिन सोमबार ३४.२१ अंकले झरेको बजार २२००.८८ बिन्दुमा झरेर रोकिएको हो । बजार घट्दा कारोबार रकम समेत खुम्चिएको छ । यस दिन सबै उपसमूहको मूल्य घटेर राताम्य रह्यो ।

सबैभन्दा धेरै वित्त, जलविद्युत्, होटेल र पर्यटन तथा जीवन बीमा कम्पनीका लगानीकर्ताले धेरै गुमाए । सोमबार कुल २२४ कम्पनीको २८ हजार ५०६ वटा कारोबारबाट ३९ लाख १७ हजार ६५५ कित्ता सेयर किनबेच भएको छ । जसमा कुल कारोबार १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ रुपैयाँ बराबरको भएको छ ।

सोमबार गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ६.२० प्रतिशतले बढेर ११३६.५० रुपैयाँ पुगेको छ । प्रभु लाइफ इन्स्योरेन्सको मूल्य ५.२६ प्रतिशतले बढेर ४४२.१० रुपैयाँ पुगेको छ ।

यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ५.८९ प्रतिशतले घटेर १३४० रुपैयाँमा झरेको छ । सोमबार नविल बैंकको सबैभन्दा धेरै सेयर कारोबार भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.