Advertisement

सुनचाँदी दुबैको मूल्य सोमबार स्थीर, तोलाको ९८ हजारमा खरीद बिक्री हुँदै

0 263

Advertisement

०९ जेठ, काठमाडाैँ । पहेँलो धातु सुनको मूल्य नेपाली बजारमा सोमबार स्थीर बनेको छ । आइतबार तोलामा ७०० रुपैयाँले बढेको सुनको भाउ सोमबार स्थीर बनेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ प्रतितोला ९८ हजार रुपैयाँ र तेजावी सुनको भाउ ९७ हजार ५०० रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको भाउ पनि आज स्थीर रहेको छ । आज सोमबार चाँदी तोलाको १ हजार २७० रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार पनि चाँदीको भाउ यथावत रहेर आजकै भाउमा खरीद बिक्री भएको थियो ।

नेपाली बजारमा आइतबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँ, तेजावी सुन ९७ हजार ५०० रुपैयाँ र चाँदी तोलाको १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८५५ र चाँदी प्रतिऔंस २१.९१ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.