Advertisement

खराब फर्मसँग लडिरहेको यो पहिलो पटक होइन : रोहित

0 115

Advertisement

०८ जेठ, काठमाडाैँ । मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा इन्डियन प्रिमियर लिग (आईपीएल)मा आफ्नो प्रदर्शनबाट निकै निराश छन्। तर, उनी छिट्टै फर्ममा फर्किनेमा विश्वस्त छन्।

यो सिजनमा खेलेका कूल १४ खेलमा उनले १९.१४ को औसत र १२० को स्ट्राइक रेटमा २६८ रन मात्र बनाउन सके। आईपीएलको एक सिजनमा उनले अर्धशतक पनि बनाउन नसकेको यो पहिलो पटक हो।

आफ्नो फर्मबारे चर्चा गर्दै रोहितले भने, ‘धेरै चीजहरू मेरो बाटोमा आएनन्। यद्यपि, यी कुराहरू मसँग पहिले पनि भइसकेका छन्, त्यसैले मैले पहिलो पटक यस्तो परिस्थितिको सामना गरिरहेको छैन। क्रिकेट यहाँ समाप्त हुँदैन भन्ने मलाई थाहा छ।’

फर्ममा फर्किन आफूले मानसिक पक्षमा पनि मिहनेत गर्नुपर्ने उनले स्वीकारे। ‘क्रिकेट खेल्न धेरै छ। त्यसैले म आफ्नो फर्ममा फर्कन सकूँ भनेर मैले मानसिक पक्षमा अलिकति काम गर्नुपर्छ। मलाई अलिकति समय चाहिन्छ। फुर्सदको समयमा म यसमा काम गर्नेछु,’ उनले भने।

रोहितको खराब फर्मको मार पनि टोलीले बेहोरेको थियो। मुम्बईले यो सिजनको पहिलो ८ खेलमा हार बेहोरेको थियो। पछिल्ला ६ खेलमा उसले ४ खेल जितेको थियो। तर, त्यतिन्जेल ढिला भइसकेको थियो।

उनले भने, ‘यो सिजन हाम्रा लागि निकै निराशाजनक रह्यो। सिजनको सुरुमा हामीले हाम्रो योजनालाई साकार पार्न सकेनौं। सुरुमा हामीले एकपछि अर्को खेल हार्‍यौं। हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा मैदानमा हाम्रा योजनाहरू कार्यान्वयन गर्नु थियो। तर, चीजहरू हामीले चाहेजस्तो भएन।’

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.