Advertisement

दाङको तुलसीपुरमा एमाले र गठबन्धनका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा

0 105

Advertisement

०७ जेठ, काठमाडाैँ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमाले र गठबन्धनबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।

सुरुवाती गणना हुँदा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका थिए। त्यसपछि पुनः गठबन्धनका उम्मेदवारले अग्रता लिए। पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।

नेकपा एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार टिकाराम खड्काले ११ हजार ६६५ मत प्राप्त गरेका छन्। गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले ११ हजार ४०४ मत प्राप्त गरेका छन्। खड्काले २६१ मतको अग्रता लिइरहेका छन्।

उपप्रमुखमा भने नेकपा एमालेका उम्मेदवारले मतान्तर बढाएका छन्। एमालेकी उम्मेदवार स्यानी चौधरीले १० हजार ९३३ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर राना मगरले ८ हजार ७३२ मत प्राप्त गरेका छन्। चौधरीले २ हजार २०१ को मतले अग्रता लिइरहेकी छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.