Advertisement

हावाहुरी, असिना–पानीले बालीमा क्षति

0 184

Advertisement

कालीकोटमा शुक्रबार बेलुका आएको हावाहुरीसहितको असिना–पानीले किसानका बालीमा क्षति पु¥याएको छ । मकै, स्याउ र बेमौसमी तरकारीबालीमा हावाहुरी, असिना–पानीले क्षति पु¥याएको हो ।

भर्खरै उम्रिँदै गरेका र बढ्न थालेका मकै हावाहुरीसहितको असिना–पानीले नष्ट गरेको खाँडाचक्र नगरपालिका–२ का किसान अनिपाल विकले बताउनुभयो । “मकैका हुर्किसकेका बिरुवा र उम्रिँदै गरेका बिरुवामा असर पु¥याएको छ”, उहाँले भन्नुभयो, “पुनः हामीले मकैबाली लगाउने तयारी गरेका छौँ ।”

किसानले लगाएको बेमौसमी तरकारी तथा अन्नबालीमा क्षति पु¥याएको र यसले किसान मारमा परेको सोही वडाका हजुरा विष्टले बताउनुभयो । “मेलै एउटा खेत पूरै प्याज तथा अन्य बेमौसमी तरकारी खेती गरेको थिए”, उहाँले भन्नुभयो, “हावाहुरी, असिना पानीका कारणले दुई लाखभन्दा बढीको क्षति भएको छ ।”

जिल्लाभर आएको हावाहुरी तथा असिना–पानीले स्याउखेतीमा पनि असर गरेको तिलागुफा नगरपालिका–१ का किसान राजबहादुर बुढाले बताउनुभयो । “स्याउका बोटमा भर्खर चिचिला लाग्दै थिए, हावाहुरीसहित आएको असिना पानीले ती सबै चिचिलाहरू झारेको छ”, उहाँले भन्नुभयो ।

स्याउ उत्पादनका लागि यो मौसममा पानी पर्दा उपयुक्त हुने र हावाहुरी असिना पर्दा उत्पादनमा कमी आउने रास्कोट नगरपालिका–९ का नवराज रोकायाले बताउनुभयो । कालीकोटका तिलागुफा नगर र रास्कोट नगर स्याउ–क्षेत्र हुन् । खाँडाचक्र नगरलाई तरकारी पकेट क्षेत्र र नरहरिनाथ गाउँपालिकालाई मकै पकेट क्षेत्रका रूपमा जिल्ला कृषि विकास कार्यालयले घोषणा गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.