Advertisement

कागेश्वरी मनोहरा-६ मा एकीकृत समाजवादीका प्रकाश फुयाँल विजयी

0 237

Advertisement

०६ जेठ, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा वडा नम्बर-६ को वडाअध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश फुयाँल विजयी भएका छन् । फुयाँल १ हजार १ सय २१ मतसहित पुनः वडाअध्यक्ष पदमा विजयी भएका हुन् ।

फुयाँल कडा प्रतिस्पर्धाकाबीच १७ मतान्तरले वडाअध्यक्षमा विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उमेश अधिकारीले १ हजार १ सय ४ मत ल्याएका छन् । भने अर्का प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेश फुयाँलले १ हजार ३५ मत ल्याएका छन् ।

नवनिर्वाचित वडाअध्यक्ष फुयाँल २०७४ सालको स्थानीय निर्वाचनमा पनि नेकपा एमालेबाट विजयी भएका थिए ।

नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेको थियो भने एकीकृत समाजवादी एक्लै चुनावी मैदानमा उत्रिएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.