एमालेका निलम्बित सांसद बानियाँका छोरा पेस्तोलसहित पक्राउ
०४ जेठ, काठमाडाैँ । नेकपा एमालेका निलम्बित सांसद मोहन बानियाँका छोरा अर्पण बानियाँ पेस्तोलसहित पक्राउ परेका छन्।
अर्पणलाई मंगलबार दिउँसो मुगुमा पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख, डीएसपी सुवास हमालले जानकारी दिए।
गोलीबिनाको कटुवा पेस्तोलसहित उनलाई पक्राउ गरिएको हो। पक्राउ गरिएका अर्पणलाई सदरमुकाम ल्याइँदै गरेको डीएसपी हमालले जानकारी दिए।
मुगुको खत्याड गाउँपालिका–७ स्थित मतगणना स्थल बाहिर माझचौरीबाट उनलाई पक्राउ गरिएको थियो। उनी किन पेस्तोल लिएर त्यहाँ पुगे भन्नेबारे अहिलेसम्म केही खुलेको छैन।