Advertisement

अवैध लागूऔषध सहित चार जना पक्राउ

0 250

Advertisement

०३ जेठ, दाङ । तुलसीपुर उपमहानगरपालिका-१२ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित तुलसीपुर उपमहानगरपालिका-६ बस्ने २३ वर्षीय रबिन नेपाली समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

रा.५ प ८८६५ नम्बरको मोटरसाइकलमा सवार नेपाली समेत ३ जनालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा करिब ४ सय ४० मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा उनीहरुले उक्त पदार्थ सोही उपमहानगरपालिका-६ बस्ने ३४ वर्षीय अम्मर बाल्मिकीसँग ख़रीद गरी ल्याएको खुलेपश्चात बाल्मिकीको कोठामा जाँच गर्दा १ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, सेवन गर्न प्रयोग गरेको प्लेट १ थान र ब्लेड टुक्रा २ थान सहित फेला पारी बाल्मिकीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.