Advertisement

काठमाडौंको तारकेश्वरमा निवर्तमान मेयरलाई पराजित गर्दै कांग्रेसका महर्जन विजयी

0 142

Advertisement

०३ जेठ, काठमाडाैँ । काठमाडौंको तारकेश्वर नगरपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ।

नेपाली कांग्रेसका कृष्णहरि महर्जनले जित हात पारेका हुन्। मर्हजनले ११ हजार ९ सय ८८ मत पाए भने उनका प्रतिस्पर्धी रामेश्वर बोहोरा ७ हजार ८०८ मतमा समेटिए। बोहोरा तारकेश्वरका निवर्तमान मेयर हुन्।

त्यस्तै, उपमेयरमा पनि नेपाली कांग्रेसले जित हात पारेको छ। उपमेयरमा कांग्रेसकी सृजना बुर्लाकोटीले जित हात पारिन्। बुर्लाकोटीले १० हजार ७८६ मत पाइन्।

उनकी निकटतम प्रतिस्पर्धी एमालेकी भवानी डोटेलले ८ हजार ६०० मत पाइन् । काठमाडौंको नगरपालिकामा जित हात पारेको कांग्रेसको तेस्रो पालिका हो। यसअघि दक्षिणकाली र कीर्तिपुरमा पनि कांग्रेस विजयी भएका थिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.