Advertisement

गोकर्णेश्वर वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार जयराम महत विजयी

0 193

Advertisement

०२ जेठ, काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार जयराम महत विजयी भएका छन् । महतले मुख्य राजनैतिक दलका उम्मेदवारलाई पछि पार्दै १०२७ मतसहित वडा अध्यक्ष जितेका हुन् ।

महतको जितसँगै, ३ वटा वडामा प्यानल नै जित्दै आएको एमालेको विजयी यात्रामा अल्पविराम लागेको छ । वडाको अन्य सदस्यहरूमा कांग्रेसले दलित महिला सदस्यसमेत गरी २ खुल्ला सदस्य र एमालेले १ महिला सदस्य जितेको छ ।

०४९ सालदेखि स्थानीय निर्वाचनमा एमालेले जित्दै आएको यस क्षेत्रमा यो पटक स्वतन्त्र उम्मेदवारले जित निकालेका हुन् । अघिल्लो निर्वाचनमा कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका महतले यो पटक पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३ (ख०)का प्रदेश सचिव थिए । उनलाई नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले समर्थन समेत गरेर वडामा गठबन्धन गरेको थियो ।

यस्तै कांग्रेसका उम्मेदवार ज्ञान कुमार श्रेष्ठले ७९४ मत प्राप्त गरे । नगरपालिकामा ४ वटा वडा को मत परिणाम सकिँदासम्म नेकपा एमाले, मेयर र उपमेयरमा झिनो मतान्तरसहित अग्रस्थानमा छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.