Advertisement

आर्थिक सङ्कट विरुद्ध एकजुट हुन सबै दलहरूलाई श्रीलङ्काका राष्ट्रपतिको अपिल

0 202

Advertisement

१९ बैशाख, एजेन्सी । देशमा देखिएको आर्थिक सङ्कटका विरुद्धमा एकजुट हुन श्रीलङ्काका राष्ट्रपतिले सबैलाई अपिल गरेका छन ।

राष्ट्रपति गोटाबाय राजापक्षले मुलुकको सङ्कट सबैको साझा सङ्कट भएकाले सबैले संयुक्त प्रयासबाट समाधान गर्नुपर्नेमा जोड दिए ।

विश्व श्रमिक दिवसको अवसरमा सन्देश प्रकाशित गर्दै उनले आर्थिक सङ्कट समाधान नहुँदासम्म श्रमिकहरूको हक अधिकार पनि सुनिश्चित गर्न नसकिने भएकाले पहिला मुलुकको आर्थिक सङ्कट समाधान गर्नुपर्नेमा जोड दिए ।

मुलुकमा आइपर्ने कुनै पनि ठूला समस्याहरूको समाधान कुनै व्यक्ति वा संस्थाले मात्रै समाधान गर्न नसक्ने भएकाले सबै एकजुट हुनुपर्ने उनको भनाई छ ।

श्रीलङ्कामा देखिएको आर्थिक सङ्कट समाधानको नेतृत्व लिन सरकार तयार रहेको र त्यस सबै पक्षको पर्याप्त साथ चाहिने उनले बताए ।

राष्ट्रपति राजापाक्षले मुलुकको सङ्कट समाधानका लागि सरकारसँगै मुख्य रुपमा दलहरू पनि जिम्मेबार र प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।

श्रीलङ्कामा पछिल्लो समय आर्थिक र राजनीतिक सङ्कट उत्पन्न भएको छ । आर्थिक सङ्कटका कारण बस्तु तथा सेवाको अभाव हुने र अत्यधिक मूल्य वृद्धि भएपछि राजनीतिक सङ्कट पनि उत्पन्न भएको हो ।

बस्तु तथा सेवाको अभाव र मूल्य वृद्धिको विरुद्धमा आम नागरिक आन्दोलित भएपछि तत्कालीन सरकारका सबै मन्त्रीहरूले राजीनामा दिएपछि राजनीतिक सङ्कट देखिएको थियो।

अहिले सरकारमा अन्य नेताहरूलाई लगिएको भएपनि राजनीतिक सन्तुलन मिल्न बाँकी नै रहेको छ भने सबैलाई समेटेर संयुक्त सरकार बनाउन राष्ट्रपति राजापाक्षले प्रयास गरिरहेका छन ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.