Advertisement

सर्वोच्चमा फुलकोर्ट जारी, वरिष्ठ अधिवक्ताको उपाधी र  प्रतिवेदनमा छलफल 

0 183

Advertisement

१८ बैशाख, काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बसेको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा फुलकोर्ट बसेको हो।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदा भएपनि सर्वोच्चमा फुलकोर्ट बसेको हो। बैठक बिहान ११ बजेदेखि सुरु भएको एक न्यायाधीशले बताए।

फुलकोर्टमा तीन अजेन्डा रहेका छन्। वरिष्ठ अधिवक्ताहरूको उपाधी वितरण, न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन र मुद्दा व्यवस्थापन सम्बन्धी निर्णय गर्नुपर्ने भएकाले सार्वजनिक बिदाको दिन फुलकोर्ट राखिएको हो।

अन्य दिन अदालतको कामको चापले लामो छलफल गर्न सम्भव नभएकाले आइतबार फुलकोर्ट राखिएको बताइएको छ। केही दिनअघि वरिष्ठ अधिवक्ताहरूको उपाधी सम्बन्धी प्रतिवेदन कामु प्रधानन्यायाधीशलाई बुझाइएको थियो।

लामो समयदेखि वरिष्ठ अधिवक्ताहरुको उपाधी रोकिँदै आएको छ। वरिष्ठहरुलाई उपाधी दिने कुरामा अदालत र बारका बीचमा टसल हुँदै आएको छ।

त्यस्तै, विकृतिविहीन न्यायालय सम्बन्धी न्यायाधीश कार्कीको नेतृत्वमा बनेको समितिको प्रतिवेदनको कार्यान्वयन हुन बाँकी केही विषयमा आजको फुलकोर्टले निर्णय गर्ने तयारी गरेको छ।

अहिले सर्वोच्चमा गोलाबाट पेसी तोक्ने कार्य भएको भएपनि अटोमेसनमा लैजाने कार्य अध्ययन भइरहेको छ। त्यस्तै, विचौलिया नियन्त्रण र अन्य कार्यमा फुलकोर्टबाट निर्णय गर्नुपर्ने छ।

सर्वोच्च अदालतमा ३० हजार मुद्दाको बोझ थपिँदै गएकाले त्यसको भार कम गर्ने विषयमा पनि फुलकोर्टमा छलफल हुने एक न्यायाधीशले बताए।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.