Advertisement

हिमालयन हाइड्रोपावरको ९ करोडको आईपीओ बैशाख २५ गतेदेखि

0 339

Advertisement

१६ बैशाख, काठमाडाैँ । हिमालयन हाइड्रोपावर लिमिटेडले बैशाख २५ गतेदेखि ९ करोड मूल्य बराबरको ९ लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र कास्कीका स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । जसअनुसार कम्पनीले विद्यमान जारी पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत (९ लाख कित्ता) सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी गर्ने आईपीओमा आयोजना प्रभावित क्षेत्र कास्की मादी गाउँपालिका वडा नंम्बर १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुले जेठ ८ गतेआवेदन दिन सक्नेछन् सो समयभित्र सबै सेयर खरीदका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा जेठ २३ गते आईपीओ निष्काशन खुला रहनेछ ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसैगरी ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

सो आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा एक लाख कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी आईआर बी प्लस रेटिङ्ग’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले स्थानीय र सर्वसाधारणका लागि आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ पुग्नेछ । कम्पनीमा संस्थापक समूहको (७९.४५ प्रतिशत) ८६ करोड ९९ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर रहेको छ । चुक्ता पूँजीको २०.५५ प्रतिशत बराबरको सेयर सर्वसाधारणमा बिक्री गर्न लागिएको हो । आइपीओ निष्काशन गर्नका लागि बोर्डबाट वैशाख ४ गते अनुमति पाएको थियो ।

कम्पनीले कास्की जिल्लामा ११.८८ मेगावटको नमर्जुन मादी हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरी विजुली उत्पदन गरिरहेको छ । रन अफ दि रिभर मोडालिटीमा निर्माण गरिएको परियोजनाको कुल लागत २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ जसको प्रतिमेगावट लागत २२ करोड ३ लाख रुपैयाँ रहेको छ । हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड सन् २००४ मा स्थापना भएको कम्पनी हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.