Advertisement

भरतपुरका बागी फकाउन अन्तिम प्रयास, गृहमन्त्रीलाई ‘पत्र काट्ने’ तयारीमा निर्वाचन आयोग

0 325

Advertisement

१६ बैशाख, काठमाडौं । दुई दिनदेखि चितवनमा रहेका गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठले भरतपुर महानगरमा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गरेका नेपाली कांग्रेसका नेतासँग छलफल थालेका छन्। उम्मेदवारी फिर्ता गराउन अन्तिम प्रयास स्वरुप खाण र श्रेष्ठले बेग्लाबेग्लै छलफल थालेका हुन्।

भरतपुर महानगरपालिकामा बागी उम्मेदवारी दिएका जगनाथ पौडेलसहित चितवनका नेताहरुसँग उनीहरुले एक्ला एक्लै र सामूहिक छलफल गरेका छन् । अहिले गृहमन्त्री खाण, राज्यमन्त्री श्रेष्ठ र चितवनका नेताहरुबीच होटल सेन्ट्रल पाममा छलफल भइरहेको छ। गृहमन्त्री खाण शुक्रबार नै काठमाडौं फर्कनुपर्ने कार्यक्रम रहेकाले उनी अन्तिम कसरतमा लागेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको ‘दूत’ बनेर चितवन पुगेका दुई मन्त्रीहरुले हिजो निवासमै पुगेर नेताहरुलाई भेटेका थिए। एक्ला–एक्लै भेटमा चितवनका नेताहरुले एकल निर्णय गरेर उम्मेदवारी फिर्ता नहुने भनेपछि सामुहिक छलफल गरिएको हो।

सेन्ट्रल पाम होटलमा मन्त्रीहरुसँग कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल र पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा पनि रहेका छन्। उनीहरु दुई जनासँग विहान गृहमन्त्रीले अलग्गै छलफल पनि गरेका थिए। सापकोटा बागी उम्मेदवार पौडेलका प्रस्ताव भएकाले उनीमार्फत् फकाउने प्रयास बिहीबारदेखि नै भइरहेका थियो।

बुधबार चितवन पुगेका गृहमन्त्री खाणले सुरुमा सापकोटाको निवासमा पुगेर पौडेलको उम्मेदवारी फिर्ता गराउनुपर्ने कुरा राखेका थिए। तर, सापकोटाले यसको निर्णय आफूले मात्र एकल रुपमा लिन नसकिने जवाफ दिएका थिए। लगत्तै उनी उम्मेदवार जगन्नाथ पौडेललाई भेट्न उनकै निवासमा पुगेका थिए। उक्त भेटमा कुरा सकारात्मक भएपनि फिर्ता लिने विषयमा तयार नभएपछि शुक्रबार बिहानैदेखि गृहमन्त्री खाण पुन: सक्रिय भएका हुन्।

निर्वाचन आयोगले आज (शुक्रबार) साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको छ। उक्त समयसम्म फिर्ता नलिएमा उम्मेदवारको अन्तिम नामावलीमा नाम समावेश गर्दै निर्वाचन आयोगले वैशाख १७ गते अन्तिम नामावली प्रकाशन गर्ने छ। यस्तो अवस्थामा भरतपुरमा सत्ता गठवन्धनको उम्मेदबार रेनु दाहाललाई जित्नका लागि कठिन हुने देखिएको छ।

मंगलवार चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेपाली काग्रेसको उम्मेदवार फिर्ता नभएमा आफ्नो उम्मेदवारलाई संकट पर्ने वस्तुस्थिति वुझेपछि प्रधानमन्त्री देउवालाई जसरी पनि फिर्ता गराउनुपर्ने कुरा राखेका थिए। लगत्तै प्रधानमन्त्रीले आफ्ना विश्वासिला पात्र गृहमन्त्री खाणलाई चितवन पठाएका थिए ।

शुक्रबार मात्रै नेपाली कांग्रेसले बागी उम्मेदबारमाथि कारबाही हुने भन्दै विज्ञप्ति जारी गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेले जारी गरेको विज्ञप्तिमा बागी उम्मेदवारको प्रस्तावक र सर्मथकलाई पनि कारबाही हुने चेतावनी दिएको छ।

त्यस्तै, विहिबार वालुवाटारमा बसेको सत्ता गठवन्धनको निर्वाचनसम्बन्धी संयन्त्रको बैठकले पनि यस्तै निर्णय गरेको थियो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले पनि सत्ता गठबन्धनका नेताहरुको बैठक चलिरहेको छ।

भरतपुर, पोखरा, चितवन, वीरगञ्ज लगायत क्षेत्रमा परेको बागी उम्मेदवारी फिर्ता गराउने विषयमा छलफल केन्द्रित हुने बालुवाटार स्रोतले जनाएको छ।

आयोगले गृहमन्त्रीलाई कारबाही गर्छ?

चितवन पुगेर बागी उम्मेदवार फकाउन सक्रिय भएका गृहमन्त्री खाणको गतिविधिलाई निर्वाचन आयोगले ‘नोटिस’मा लिएको जनाएको छ।

बिहीबार नियमित पत्रकार सम्मेललमा आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले सार्वजनिक सञ्चार माध्यममा आएका कुराहरु आयोगले अनुगमन गरिरहेको र गृहमन्त्रीको भ्रमणप्रति ध्यानाकर्षण भएको बताएका थिए।

गृहमन्त्रीले स्वतन्त्र उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन दबाब दिन मिल्ने कि नमिल्ने, आचारसंहिता उल्लंघनका बारेमा आयोगको पदाधिकारी वैठकले निर्णय गर्ने अर्यालको भनाइ थियो। गृहमन्त्री खाण काठमाडौं पुगेपछि उनलाई चितवन भ्रमणबारे पत्र लेख्न सक्ने निर्वाचन आयोग स्रोतले बताएको छ।

हालससम्म कारबाहीको कुनै निर्णय नभएको र सार्वजनिक भएको कुरामा आयोगको ध्यानाकर्षण भएकाले शुक्रबार पदाधिकारी बैठक बसेर केही निर्णय हुने आयोग स्रोतले जानकारी दिएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.