Advertisement

हलिउड अभिनेत्री स्कारलेटको चेतावनीपछि च्याटजीपीटीले हटायो उनकै जस्तो सुनिने आवाज

0 11

Advertisement

०८ जेठ, काठमाडाैं । स्कारलेट जोहान्सन हलिउडकी चर्चित अभिनेत्री हुन् । सन् २०१८–०१९ मा उनी विश्वको सबैभन्दा धेरै कमाउने अभिनेत्री थिइन् । उनी धेरैपटक फोर्ब्स सेलिब्रेटीको १०० सूचीमा परेकी छन् ।

यी अभिनेत्रीबारे नयाँ अपडेट छ । उनले ओपनएआईको च्याटबोट च्याटजीपीटी–४० को लागि आफ्नो आवाजलाई दिन अस्वीकार गरेकी थिइन् ।

मिडिया रिपोर्टका अनुसार ओपनएआईले उक्त फिचरका लागि स्कारलेटसँग निकै मिल्दोजुल्दो आवाज प्रयोग गरेपछि उनले आफू अचम्मित र आक्रोशित भएको बताएकी छन् । स्काटरलेटका वकिलले पनि कम्पनीलाई उसको च्याटबट स्काईबाट आवाज हटाउन आग्रह गरेका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग स्कारलेटले भनिन्, ‘गत सेप्टेम्बरमा मैले स्याम अल्टम्यानबाट प्रस्ताव पाएँ । उहाँ एआईका लागि मेरो आवाज चाहनुहुन्थ्यो । मेरो आवाजले प्रविधि र क्रिएटिभ कम्पनीबीचको दूरी घटाउने उनको बुझाइ थियो । साथै, मेरो आवाजले मानिसलाई सहज बनाउन सक्छ ।’

गत साता सार्वजनिक गरिएको यो च्याटबोटले प्रयोगकर्तासँग रियल–टाइम मौखिक संवाद गर्न सक्छ । यसबारे ओपनएआईले विज्ञप्ति जारी गदै कुनै पनि सेलिब्रेटीको मिमिक्री एआईले गर्नुहुँदैन भन्नेबारेमा आफूहरु सचेत रहेको बताएको छ । विवादपछि ओपनएआईले स्कारलेटको जस्तो सुनिने आवाज हटाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.